इन्धन को सट्टा नगद प्रदान हुने

२०८०, १५ जेष्ठ सोमबार १७:२३

पाल्पा । सरकारले सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न इन्धनको सट्टा नगद नै प्रदान गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले इन्धनबापत रकम नै प्रदान गरिने व्यवस्था बजेटमा गरिएको जानकारी दिनिभयो ।  त्यस्तै सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनका लागि सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ठ नगद नै वितरण गर्ने पनि अर्थमन्त्री महतले बताउनुभयो । 

Comments

ताजा खबर