कथा वाचक राधिका दासीको सप्ताहव्यापी अनुष्ठानको आयोजना बिर्तामोडमा

२०७९, १६ फाल्गुन मंगलवार २१:१५

बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ ।

बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिनु भयो । सार्वजनिक महत्वको किरियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो ।

सप्ताहव्यापी महापुराणको पाठ पारायण र कथा प्रवचनअघि फागुन २० गते विहान ९ बजेदेखि कलश यात्रासहितको नगरपरिक्रमा तय गरिएकोछ । नगरपरिक्रमा र सप्ताहव्यापी कथा प्रवचनमा सहभागी भइदिन बिर्तामोड र छिमेकी नगरबासीमा आयोजक समितिले आग्रह गरेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुष्ठानको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु