रवि लामिछानेको पक्षमा काठमाडौँमा फैसलाविरुद्ध प्रदर्शन

२०७९, १४ माघ शनिबार २१:१०

काठमाडौँ – रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भएको छ।

लामिछानेका समर्थकहरुले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका थिए। लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागी भएकाहरुको आरोप छ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा उनी सांसद बन्न अयोग्य रहेको फैसला सुनाएको थियो। उनले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तिको लागि कानुनी प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहर छ।

सर्वोच्चको फैसलासँगै उनले सांसद पद, उपप्रधान तथा गृहमन्त्री पदका साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु