देउवाले कम आलोचना भयो भन्दै धन्यवाद दिए

२०८०, ११ श्रावण बिहीबार ०७:३३

काठमाडौँ- नेपाली कांग्रेसको एक सातासम्म चलेको केन्द्रीय समिति बैठकपछि धन्यवाद दिने क्रममा सभापति शेरबहादुर देउवाले बैठकका क्रममा सोचेभन्दा कमआलोचना भएको भन्दै केन्द्रीय सदस्यहरुलाई धन्यवाद दिएका छन्।

उनले आफूले धेरै आलोचना होला भन्ने चाहेको तर कम आलोचना भएको भन्दै केन्द्रीय सदस्यहरुलाई धन्यवाद दिएका हुन्। उनले कांग्रेस बैठक धेरै लाइभ्ली भएको र एकसेएक नेताहरु रहेको पुष्टि भएको पनि बताए।

‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘कांग्रेसमा सबै एकसे एक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौँ, दुनियाँले हेरे । कांग्रेसमा कोही भन्दा कोही कम छैन,’ उनले भने।

सभापति देउवाले आगामी असोज २ गतेका लागि कांग्रेसको अर्को केन्द्रीय समिति बैठक बोलाएका छन्।

Comments

ताजा खबर