जग्गा प्रकरण ललिता निवासमा पक्राउ परेका ३ जनालाई आजै छाड्ने तयारी

२०८०, १२ असार मंगलवार २१:३९

काठमाडौँ – ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकामध्ये ३ जनालाई प्रहरीले आजै छाड्ने तयारी गरेको छ।

पक्राउ परेकामध्ये ३ जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाड्ने तयारी भएको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र  भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्।

अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नू नगराउनू भनी आदेश जारी गरिसकेको खुलेको  स्रोतले जनाएको छ। उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिने भएको छ।

यस प्रकरणमा आज एकैदिन ७ जना पक्राउ परेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु