प्यूठानमा चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कार

२०७९, ११ माघ बुधबार २०:५५

चोरीका घटना बढ्दै गएपछि प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

पुस २५ गतेदेखि जिल्ला तथा पालिकाका विभिन्न ठाउँमा लुटेराकै शैलीमा लुटपाटका घटनाहरु बढ्दै गएपछि स्थानीयलाई सचेत रहन र गाउँटोलमा परिचय नखुलेका व्यक्तिहरु आउँदा ध्यान दिन पनि गौमुखी गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले सूचना जारी गरेर पालिकामा परिचय नखुलेका तथा घुमन्ते व्यापारीलाई प्रवेश निषेध गरेको पनि जानकारी गराएका छन्। उनले शंकास्पद व्यक्ति देखेमा तत्काल खबर गर्न आग्रह पनि गरेका छन्।

समूहमा चोरहरुको निगरानी गरी पक्रन सक्नेलाई १० हजार रुपैयाँ पुरस्कार राखेको पनि उनले विज्ञप्तिमा जानकारी गराएका छन्।

त्यस्तै, सबै क्षेत्रमा गठन भएका संघसंस्था, क्लब, आमा समूह र दलका प्रतिनिधिहरुलाई गाउँटोलको रक्षाका लागि सक्रिय रहन पनि गौमुखी गाउँपालिकाले आग्रह गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु