वीरगञ्जमा खुल्यो भाटभटेनीको २४औ शाखा

२०७९, ९ चैत्र बिहीबार २१:०७

वीरगञ्ज – वीरगञ्जमा पनि भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ। बिहीबारदेखि विधिवत् रूपमा वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित भाटभटेनी मार्केट सञ्चालनमा आएको हो।

मधेस प्रदेशमै पहिलो पटक वीरगञ्जमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको हो। भाटभटेनीको २४औ शाखाको रूपमा वीरगञ्जमा सञ्चालनमा आएको सुपर मार्केटले मधेस प्रदेशका पर्सा, बारा रौतहटसँगै भारतीय सीमावर्ती सहर रक्सौलका ग्राहकलाई समेत ध्यानमा राखी खोलिएको हो।

अन्तर्राष्ट्रिय स्तरको सपिङ वीरगञ्जमा पनि उपलब्ध गराउन भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए।

उनले भाटभटेनीमा ग्राहकको सुविधालाई ध्यानमा राखेर सेवा–सुविधासहितको मार्केट स्थापना गरिएकाले मधेसमा पनि राम्रे व्यापार गर्ने गुरुङको भनाइ छ। उनले मधेस प्रदेशकै जनकपुरमा पनि ०८० साल असार ६ गते भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याइने जानकारी दिए।

‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर मार्केट सञ्चालनमा ल्याएका छाैँ, राम्रो सेवा दिएपछि ग्राहक खुसी भइहाल्छन्, ‘उनले भने। ‘वीरगञ्जमा सञ्चालनमा आएको भाटभटेनी देशकै सबैभन्दा ठूलो शाखाको रुपमा रहेको गुरुले बताए।

२ बिघा १० कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु