उपसभामुख इन्दिरा राना मगरले गरिन् पदभार ग्रहण

२०७९, ९ माघ सोमबार २०:३६

काठमाडौँ – नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदभार ग्रहण गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेकी हुन्। उनी माघ ७ गते प्रतिनिधिसभाको उपसभामुखमा चयन भएकी थिइन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु