पाल्पा । आइतबार सार्वजनिक बिदाको हल्ला चलेपछि गृह मन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गर्दै बिदा नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) शनिबार नै मनाइएको छ । शुक्रबार चन्द्रमा नदेखिए रमजानको ३० औं दिन आइतबार ईद मनाइने थियो। तर शुक्रबार नै चन्द्रमा देखिएकाले शनिबार (सार्वजनिक बिदा) का दिन ईद मनाइएको गृह मन्त्रालयले प्रकाशन गरेको बिज्ञाप्तिमा उल्लेख छ।