नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै

२०८०, ९ बैशाख शनिबार २१:२५

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्किएका छन्।

उनी शनिबार नेकपा एमाले प्रवेश गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको ७५ ‍औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन्।

उनले केही दिनअघि एकीकृत समाजवादी छाडेका थिए। न्यौपानेसँगै चुडामणि जंगली, शान्ता आचार्य, मुना बानियाँलगायत ३० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु