काठमाडौँ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सोमबार संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएसँगै राष्ट्रपति पौडेलले उनलाई प्रधानन्याधीशमा नियुक्त गरेका हुन्।