झापा हल्दिवारीमा बिषालु सर्पको डसाइबाट महिलाको मृत्यु

२०८०, ३ भाद्र आईतवार २१:१२

झापा। बिषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेकी छिन् । उनलाई शनिबार दिउँसो घरमै बिषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते भएकी जितेन लाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु-याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । श्रीमान् राम राजवंशी, दुई छोरा र दुई छोरीसहित उनी सरस्वती आधारभूत विद्यालय परिसरभित्र बसोबास गर्दै आएकी थिइन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु