झापा।आज बिहान झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बजारमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ ।
मोहन मैनालीको घरको पुजा कोठामा विद्युत सर्ट भई बिहान ७.४५ बजे आगलागी भएको हो । आगलागीबाट घरको एउटा फ्लाट नै जल्दा करिव ५० लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कट्वालले बताए ।
स्थानी नगरपालिका, दमक, बिर्तामोडलगायत नजिकका दमकल आगो निभाउन पुगेका थिए । बिहान ९.१५ बजे आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक युवराज कट्वालले जानकारी दिए ।
Comments