‘कोशी प्रदेश’ नाम खारेजीको विराटनगरमा माग , निषेधाज्ञा तोडेर प्रदर्शन

२०७९, ५ चैत्र आईतवार १९:५४

मोरङ – ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै विराटनगरमा आज विरोध प्रदर्शन भइरहेको छ। प्रदेशको नामाकरणको विरोधमा आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरहरुले विरोध चर्काएका हुन्।

विरोध प्रदर्शनलाई लक्षित गर्दै केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो। प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन्। त्यसक्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच तनावको अवस्था सिर्जना भएको थियो।

आन्दोलनमा सहभागी हुन झापा, मोरङ, सुनसरी र पहाडि जिल्लाबाटसमेत पहिचान पक्षधरहरु विराटनगर आएका छन्। उनीहरुले मुख्यमन्त्री हिक्मत कार्कीको पुतलासमेत जलाएका छन्। प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने भन्दै कोशी प्रदेश नामाकरणविरुद्ध निरन्तर प्रदर्शन भइरहेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु