सिजन २ का निर्णायक सुर्य खड्काको ” घन्टि टिनिनि ” सार्वजनिक

२०८०, २ श्रावण मंगलवार १६:५२

काठमाडौं। लोक संगितको क्षेत्रमा परदेशि गायक नामले चर्चित  नाम हो सुर्य खड्का । खड्काको प्रत्येक सृजना पछिल्लो समयमा निकै नै दर्शकको रोजाइमा पर्ने गरेका छन। खड्काका आवाजमा रहेका हरेक गीतले बजारमा एकाधिकार जमाएका छन भन्दा पनि फरक पर्दैन । जापानलाइ कर्मथलो बनाउदै आएका खड्काका सयौं गीत परदेशबाटै बजारमा ल्याएका छन ।

मौलिक सृजना लाइ प्राथमिकता दिने खड्काको घन्टि टिनिनि बोलको गीत बजारमा आएको छ भने गीतमा मिश्रीत प्रतिक्रिया आएको छ । कतिले  चुनाबको बेला ल्याउन पर्ने भनेका छन भने धेरैले सहर्ष स्विकार गरेका छन । गीत नितान्त मायाप्रेममा आधारित भएकाले राजनितिकरण गर्न नहुने निर्माण पक्ष को भनाइ रहेको छ ।

गीत बजारमा आएको २४ घन्टा नहुदै ८० हजार भन्दा बढिले हेरि सकेका छन् । चर्चित सर्जक रबिन लामिछानेको शब्द सृजनामा रहेको गीतमा लय भने स्वयम् सुर्य खड्काको रहेको छ । आवाजमा खड्कालाइ साथ दिएकि छिन पछिल्लो समयकि चर्चित गायिका सुनिता बुढाले । उक्त गीतको संगित संयोजन बिनोद बाजुरालीले गरेका छन ।

कुमार केशिको निर्देशन मा रहेको भिडियोमा मुख्य पात्रको रुपमा अर्जुन सापकोटा र रुबिना अधिकारिलाइ देख्न सकिन्छ । गीत दर्शक श्रोताको रोजाइमा पर्नेमा निर्माण बिश्वास लिएको छ । पछिल्लो समय नेपाल र नेपालीको पहिलो अनलाइन प्रतियोगिता गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन २ का निर्णायक रुपमा जापानमा रहेका छन् । गीत सुर्य खड्का युटुब च्यानल बाट बजारमा आएको छ ।
बाँकि भिडियो बाट

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु