पानी पोख्रेल कुलवंश प्रतिष्ठान द्धारा सुरुङ्गामा वृक्षरोपण

२०८०, ३ असार आईतवार ०७:३४

झापा । पानी पोख्रेल कुल वंश प्रतिष्ठानले वृक्षरोपण गरेकाे छ । प्रतिष्ठानको कनकाइ नपा १ सुरुङ्गामा रहेको १० कट्ठा खाली जमीनमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे हाे । झापा तथा मोरङ्गका विभिन्न स्थानहरुमा बसोबास गर्ने पोख्रेल बन्धुहरुको भेलाले कुल देवता पुजन स्थलमा टिक, मसला, खयर, मलेसियन सखुवा, बडहर, इन्चाक लगायतका विभिन्न प्रजातिका करीब ४०० विरुवा रोपिएको छ ।

स्थानिय बासीहरुको सहयोग साथै विरुवाको प्रबन्ध जिल्ला बन कार्यालय झापा र प्रजापति सामुदायिक वनबाट नि:शुल्क रुपमा भएको पानी पोख्रेल कुल वंश प्रतिष्ठानका सचिव हेम पोखरेलले वताए । खोला नजिकको खाली जग्गामा वृक्षारोपण गर्नाले जमीनको बाढीबाट हुने कटानबाट संरक्षण हुनुका साथै पर्यावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने कुरा कार्यक्रमका संयोजक राजन पोख्रेलले बताए ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु