कुमारी दर्शनका लागि वसन्तपुर पुगे राष्ट्रपति रामचन्द्र पौडेल

२०७९, ४ चैत्र शनिबार २२:३५

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीको दर्शन गरेका छन्।

शनिबार अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेर राष्ट्रपति पौडेलले कुमारीको पूजा अर्चना गरेका हुन्। पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि कुमारी दर्शनका लागि पुगेकी थिइन्। कुमारीको पूजा गरेर राष्ट्रपति पौडेल राष्ट्रपति भवन फर्किसकेका छन्।

राष्ट्रपति पौडेल सुरक्षा तामझामबिनै वसन्तपुर पुगेका थिए। राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन्।

उनी कारगेट बिना नै कुमारी दर्शन गर्न पुगेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु