राष्ट्रिय युवा संघ नेपालले ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा सरसफाई

२०८०, ३० भाद्र शनिबार १७:५०

झापा । राष्ट्रिय युवा संघ नेपालले बिर्तामोड– ३ स्थित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा आज सरसफाई गरेको छ ।

आज बिहान ७ बजे राष्ट्रिय युवा संघ नेपाल बिर्तामोडको ३ नं वडा कमिटीद्वारा आयोजित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरी सरसफाई कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर कमिटी उपसचिव तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड ३ का पार्टी अध्यक्ष कुमार बुढाथोकी , नगर उपसचिव प्रकाश लिङ्देन , नगर कमिटी सदस्य तथा वडा कमिटी सह इन्चार्ज कोसिस घिमिरे पार्टीका वडा सदस्य तथा बिर्तामोड ३ का वडा सदस्य हरि बाँस्कोटा, युवा संघका अध्यक्ष कृष्ण बाराकोटीलगायत युवा संघका केन्द्रीय , क्षेत्रीय , नगर र वडा कमिटीका सदस्य तथा विराटपोखरी बहुउद्देश्यीय सरोवर समितिका सदस्यहरुको साथै स्थानीय बासिन्दाको पनि उपस्थिति रहेको थियो । सहभागिता रहेको थियो ।

कार्यक्रममा श्री विराटपोखरी बहुउद्देश्यीय सरोवर बिकास समितिसका अध्यक्ष इन्द्र प्रसाईले धन्यवाद दिएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु