नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी

२०८०, १ जेष्ठ सोमबार १२:५१

काठमाडौँ: पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै पार्टीका सचिव टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी आइतबार साँझ परेपछि बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गरेका छन् ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ’ बस्‍नेतले सामाजिक सञ्‍जालमा लेखेका छन् ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कार्बाहिको दायरामा ल्याउन अनुरोध छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु