यती एयरलाइन्सका भोलिका सबै उडान रद्द

२०७९, १ माघ आईतवार १९:४८

काठमाडौँ – यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ।

एयरलाइन्सले सूचना प्रकाशित गर्दै कम्पनीले आपतकालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ।

काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीसआर ७२-५०० जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो ।

जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु