एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैनः लामिछाने

२०८०, ३१ बैशाख आईतवार ०७:०१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न नसकिने बताएका छन्।

शनिबार काठमाडौँको नक्सालमा नागरिक अगुवाहरुले भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध आयोजना गरेको ‘बृहत् आन्दोलन’मा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए। उनले भुटानी शरणार्थी काण्डलाई सरकारले सुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए। उनले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने उल्लेख गरे।

उनले भने,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु पर्छ। देशको बेइज्जत होइन, भ्रष्टाचार गर्नेहरुको उजागर भयो। विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर जेल गएको देखेका छौँ। यो देशको बेज्जत भएको होइन, यो देशको इज्जत बढ्यो।’

उनले थपे, ‘जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन। एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ। धेरै काण्डहरु लाइनमा छन्।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु