नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छः कोइराला

२०८०, २७ श्रावण शनिबार २१:०१

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे।

‘नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन,’ उनले भने,’पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ।’

छलफलमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए। ‘सुशासनको बाधक भ्रष्टाचार हो, भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन कायम हुन सक्दैन, मुलुकमा सुशासन कायम गर्न उच्च तहका व्यक्ति लाग्नुपर्छ,’ उनले भने। रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु