बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु

२०८०, २७ श्रावण शनिबार २०:३७

बिर्तामोड।  बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ ।
बिर्तामोड नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले जानकारी दिनु भयो ।

विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विस्टले जानकारी दिनुभयो । विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२ जना प्राविधिक गरि १४ जना खटिएका छन् ।

बिर्तामोडमा शुक्रबारसम्मको तथ्यांक अनुसार ९० जनामा डेंगु संक्रमण भएको नगरका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिनुभयो ।डेंगुकोकारण बिर्तामोड नगरपालिकामा २ जनाले ज्यान गुमाएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु