प्युठान जिप दुर्घटना मृत्यु भएकामध्ये ७ जनाको पहिचान खुल्याे

२०८०, २९ जेष्ठ सोमबार २०:२०

दाङ – स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

प्युठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउँसो भीरबाट खस्दा ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए।

घटनामा परेर मृत्यु भएका ७ जनाको पहिचान खुलेको छ।एक जना मृतकको पहिचान खुल्न बाँकी छ। गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षकी राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह छन् ।

यस्तै तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा रहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु