मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह

२०८०, २९ जेष्ठ सोमबार २०:१५

काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन्।

सोमवार २० औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन्।

उनले अनुदानको मल गैरकिसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताए।

उनले मलको दुरुपयोग रोक्न मातहतका निकायलाई निर्देशनसमेत दिए। उनले किसानलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे।
उनले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु