यौन दुर्व्यवहार आरोप लागेका राईमाथि अनुसन्धान सुरु

२०८०, २९ बैशाख शुक्रबार २१:४१

मोरङ – यौन दुर्व्यवहार आरोप लागेका मदन राईलाई नियन्त्रणमा लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहान खोटाङस्थित शुभद्रा मदन फाउण्डेसनबाट नियन्त्रणमा परेका राईसँग सार्वजनिक भएका समाचारबारे अनुसन्धान जारी छ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर चौधरीले चौतर्फी समाचार सम्प्रेषण भएसँगै राईलाई प्रहरीले फाउण्डेसनबाट नियन्त्रणमा लिएको हो।

प्रहरी कार्यालयमा रहेका राईसँग एक सहयोग भाई बिहानसँगै आएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए। प्रहरी निरीक्षक राईले हालसम्म राईविरुद्ध कुनै प्रकारको उजुरी दर्ता नभएको बताए।

उनले भने, हामी अहिले प्रारम्भिक अनुसन्धानमा रहेका छौँ। उजुरी दर्ता भएको अवस्था छैन। तर, भोलिसम्म उहाँलाई राख्नेछौँ। उजुरी दर्ता भए सोहीअनुसार कानुनी प्रक्रियामा अघि बढ्नेछौँ।’

राईलाई फाउण्डेसनका केटाकेटी विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप छ।

केटाकेटी विद्यार्थीलाई अश्लील आचरण प्रदर्शन गर्ने, गालीगलौच गर्ने, यौन दुव्र्यवहार गर्ने गरेको समाचार सार्वजनिक भएसँगै प्रहरीले राईलाई बिहान नियन्त्रणमा लिएको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु