चितवनक्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने

२०७९, २९ माघ आईतवार २०:११

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गत‍े उपनिर्वाचन हुने भएको छ। आइतबार निर्वाचन आयोगले चितवन–२ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु