मधेस सरकारद्वारा चार वर्षमा सवारी साधन मर्मतमै १८ करोड बढी रकम खर्च

२०७९, २९ माघ आईतवार २०:०७

जनकपुरधाम – मधेस प्रदेश सरकारले चार वर्षको अवधिमा सवारी साधनको मर्मत वापत १८ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा मधेस सरकारले सवारी साधन मर्मत खर्च वापत १८ करोड २० लाख १२ हजार १४३ रुपैयाँ खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वित्तिय प्रतिवेदन अनुसार २०७५/७६ मा सवारी साधन मर्मत खर्च वापत ३ करोड ३९ लाख २८ हजार २४१, आव २०७६/७७ मा ४ करोड ४ लाख ७७ हजार ६१८, आव २०७७/७८ मा ४ करोड ९२ लाख ६३ हजार ५१२ रुपैयाँ खर्च भएको छ।

यस्तै, गत आव २०७८/७९ मा ५ करोड ८३ लाख ४२ हजार ७७२ रुपैयाँ सवारी साधन मर्मत वापत खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु