८ जीबी र्‍याम भएको ‘सामसङ ग्यालेक्सी ए२४’ नेपाली बजारमा, मूल्य र फिचर

२०८०, २८ बैशाख बिहीबार १६:३०

काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई भित्रिएको छ । कम्पनीले हालै मिडरेन्ज सेगमेन्टमा यो फोन नेपाली उपभोक्ताका लागि प्रस्तुत गरेको हो ।

फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले दिइएको छ । १२८ जीबी इन्टर्नल स्टाेरेज रहेको फोन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ । साथै माइक्रो एसडी कार्डमार्फत् १ टीबीसम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ ।

क्यामेराका हकमा ५० मेगापिक्सेलको मुख्य सेन्सर छ, जसलाई ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । त्यस्तै १३ मेगापिक्सेलकाे सेल्फी क्यामरा लेन्स दिइएको छ ।

साथै फोनमा ५००० एमएएच ब्याट्री प्रदान गरिएको छ । ६+१२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भनें ८ जीबी र्‍याम १२८ जीबीको मोबाइलको मूल्य ३१ हजार ९९९ रुपैयाँ ताेकिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु