लेकसाइडस्थित सेलवेजको आगलागी क्षतिको विवरण आउन बाँकी

२०७९, २८ माघ शनिबार २०:२९

पोखरा – पोखराको लेकसाइड हल्लन चोकस्थित सेलवेज डिपार्टमेन्ट स्टोरमा लागेको आगो नियन्त्रणमा आएको छ। लेकसाइड सेन्टर भवनमा रहेको सेलवेजमा दिउँसो साढे ४ बजेदेखि भीषण आगलागी भएको थियो।

करिब २ घण्टामा पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए। अगालागी नियन्त्रणमा लिनलाई पोखरा महानगरपालिकासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दमकल र स्थानीय पानी बोक्ने ट्यांकरसमेत प्रयोग भएका थिए।

उनका अनुसार के कारणले आगलागी भएको पत्ता लागेको छैन।  घटनास्थललाई शिल गरिएको र मुचुल्काको काम आइतबार बिहान गरिने उनले बताए। ‘आज रातभर सुरक्षा दिन्छौँ। भोलि बिहान मुचुल्काको काम हुन्छ’, उनले भने।

आगलागी नियन्त्रणमा लिनलाई सुरक्षाकर्मीसँगै सर्वसाधरण खटिएका थिए। अन्डरग्राउण्डमा रहेकाले आगो निभाउन समस्या भएको केसीले बताए। ‘तल निसास्सिएर छिर्न सक्ने अवस्था पनि थिएन। त्यसले गर्दा अलिकति समय लाग्यो’, उनले भने।

उक्त भवनमा सेलवेजसँगै हिमालयन जाभा, नबिल बैंक, बबल टी, ट्रेकिङ पसल, खाद्यन्न पसललगायत सञ्चालनमा थिए।

सेलवेजबाहेकका अन्य पसलमा आगलागीले क्षति नभएको एपसपी केसी बताउँछन्। ‘माथि सल्केला भन्ने हिसाबले धेरै सामानहरु, जस्तोः सिलिन्डदेखि बल्ने र क्षति हुनसक्ने सामानहरु बाहिर निकालेको अवस्था छ’, उनले भने।

भोलि बिहान उज्यालो भएपछि क्षति के कति भयो आँकलन गरिने प्रहरीले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु