राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोशी प्रदेशका २७ वटा सहकारी संस्थालाई पुरस्कृत

२०८०, २५ असार सोमबार १७:५३

राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोशी प्रदेशका २७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट भएर घोषण भएका २६ वटा र १८ औं वार्षिक साधारण सभामा घोषणा भएर पुरस्कार वितरण गर्न बाँकी एक गरी २७ वटा सहकारीहरुलाई शनिवार विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

बैंकका नि–वर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले पुरस्कृत संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कृत हुने संस्थाहरुमा प्रदेश स्तरमा उत्कृष्ट हुने बचत तथा ऋण सहकारी मध्येबाट किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी नगरपालिका सुनसरी र बचत तथा ऋण बाहेकका सहकारी मध्येबाट सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड, झापालाई पुरस्कृत गरिएको छ ।

यस्तै बिर्तामोड शाखामा उत्कृष्ट कारोबार गर्ने प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड–४  र नियमित तर्फ शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड पुरस्कृत भएका छन् ।

यस्तै इलाम शाखामा उत्कृष्ट कारोबार गर्ने शताब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इलाम–७, र नियमिततर्फ मेची नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इलाम–७,लाई पुरस्कृत गरिएको थियो । फिदिम शाखामा उत्कृष्ट कारोबार गर्ने तमोर महिला कृषि सहकार संस्था लिमिटेड फुङलिङ–४, र नियमिततर्फ ताराबारी शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाल्गुनानन्द–५, पुरस्कृत भएका छन् ।

मेचीनगर शाखामा उत्कृष्ट कारोबार गर्ने होक्से कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–१०, र नियमिततर्फ ताराबारी शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर–१०, पुरस्कृत भएका छन् । दमक शाखामा उत्कृष्ट कारोबार गर्ने नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक र नियमिततर्फ दमक बहुमुखी सहकारी संस्था लिमिटेड दमक पुरस्कृत भएका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ मा बैंकसँग उत्कृष्ट र नियमित कारोबार गर्ने संस्थाहरु मध्ये शाखा स्तरीय पुरस्कारबाट विराटनगर शाखामा उत्कृष्ट कारोबार गर्ने अरनिको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विराटनगर–९, र नियमित कारोबार गर्ने विधामा नेपा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विराटनगर–९, पुरस्कृत भएका छन् ।

धरान शाखामा उत्कृष्ट कारोबार गर्ने सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१२, सुनसरी र नियमिततर्फ कृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१२, सुनसरीलाई पुरस्कृत गरिएको छ ।

उर्लाबारी शाखामा उत्कृष्ट कारोबार गर्ने दुर्गा बास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रतुवामाइ–१०, र नियमिततर्फ सिद्धि विनायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उर्लाबारी–५, पुरस्कृत भएका छन् ।

यस्तै इटहरी शाखामा उत्कृष्ट कारोबार गर्ने संरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी–९, र नियमिततर्फ हातेमालो महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी–८, पुरस्कृत भएका छन् ।

धनकुटा शाखामा उत्कृष्ट कारोबार गर्ने डाँडा बजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमिततर्फ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुरस्कृत भएका छन् ।

यस्तै सुन्दरहरैचा शाखामा उत्कृष्ट कारोबार गर्ने लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारी २, र नियमिततर्फ इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुन्दरहरैचा–९, लाई पुरस्कृत गरिएको बैंकका सञ्चालक विश्वनाथ मण्डलले बताउनु भयो ।

बैंकले प्रवाह गर्ने कर्जा कारोबारमा उत्कृष्ट संस्थाहरु मध्येबाट मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगरलार्ई उत्कृष्ट ऋणी संस्था (ग्रीनकार्ड) प्रदान गरिएको थियो ।

बैंकका सञ्चालक महेन्द्र गिरीको अध्यक्षता भएको कार्यक्रममा “सहकारीको वर्तमान अवस्था, वित्तीय पहुँच तथा भावी कार्यक्रम” को विषयमा बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले प्रस्तुतीकरण गर्नुभएको थियो ।

कोशी प्रदेशभरका विभिन्न सहकारी संघ- संस्थाका ३ सय ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक अध्यक्ष गणेश ढकाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक गोमा नेपाल र धनश्याम अधिकारी, कोशी प्रदेशका निमित्त रजिस्ट्रार हरि बहादुर खत्री, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

बैंकको विराटनगर शाखाका प्रमुख प्रभु पोखरेलको सञ्चालन र लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु