कांग्रेसको पदाधिकारी बैठकमा खाणलाई निलम्बन गर्नेबारे छलफल

२०८०, २७ बैशाख बुधबार २१:२१

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणको विषयमा छलफल भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पक्राउ परेका खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

बैठक बिहीबार दिउँसो २ बजे फेरि बस्ने छ। भोलि बस्ने बैठकले खाणको निलम्बनबारे निर्णय गर्नसक्ने बताइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु