शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अनुमति

२०८०, २७ बैशाख बुधबार २१:१७

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

बुधबार बिहान पक्राउ परेका खाणलाई ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो। म्याद थपका लागि अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर, टेकुबाट स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो।

स्वास्थ्य परीक्षणपछि सरकारी वकिल कार्यालय लगेर त्यहाँबाट अदालत पुर्‍याइएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु