जिल्लाभर श्रीकृष्ण रथयात्राको रौनक (फोटो फिचर)

२०८०, २१ भाद्र बिहीबार १९:५१

झापा। श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट निकालिने श्रीकृष्ण रथयात्राको झापा भरि उत्साह देखिएको छ । जिल्लाका बिभिन्न स्थानमा हर्सोउल्लासका साथ श्रीकृष्ण रथयात्रा निकालिएको छ ।

दमक , गौरादह , भद्रपुर , शरणामति , बिर्तामोड र गौरीगञ्जमा रथयात्रा निकालिने भएको हो । दमकमा २ बजे , गौरादहमा १२ बजे , भद्रपुरमा १० बजे , शरणामतिमा १० बजे , बिर्तामोडमा ३ बजे र गौरीगञ्जमा २.३० बजे रथयात्रा निकाल्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाकै सबैभन्दा पुरानो रथयात्रा भद्रपुरमा २० औँ पटक निकालिएको छ भने विर्तामोडमा पहिलो पटक आयोजना गरिएको हो ।

रथलाई बिभिन्न फुल तथा सजावटका सामाग्रिले सजाएर झकिझकाउ पारिएको छ । त्यसतै रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिकाहरूलाई विभिन्न देवीदेवताका भेषभुषामा सजाइको छ ।

आजै दमक र गौरीगञ्जमा पनि श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ  निकालिदै छ । दमकमा सातौँ श्रीकृष्ण रथयात्रा दिउँसो २ बजे सुरु हुने मूल आयोजक समितिका संयोजक रोहित आचार्यले जानकारी दिनुभयो । त्यसतै गौरीगञ्ज गाउँपालिकामा पनि तेस्रो पटक निकालिने रथयात्राको समय दिउँसो २ ३० मा तय गरिएको आयोजक समितिले जनाएको छ ।

सजक रहन प्रहरीको अनुरोध :श्रीकृष्ण रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सूचना जारी गरी आज झापाका बिभिन्न स्थानहरुमा हुन सक्ने राधाकृष्ण रथ यात्रामा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने र उक्त स्थानहहरुमा भिडभाडको फाईदा उठाउदै अपराधिक गतिबिधिहरु घट्न सक्ने भएकोले सजकता अपनाउन आग्रह गरेको हो ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु