त्रिभुवन विमानस्थलमा ५ सय नयाँ ट्रली थपिए

२०८०, २१ भाद्र बिहीबार ०७:२६

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक ५ सय ट्रली थप गरिएको छ ।

ब्यागेज ट्रली धेरै बिग्रिएको र त्यसले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरुबाट भएपछि नयाँ ट्रली खरिद गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिएका छन् ।

विमानस्थलमा अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको उनको भनाई छ ।

अब यात्रुको गुनासोको सम्बोधन हुने उनको भनाइ छ । पुुराना ट्रली मर्मत गरी अपुग भएको अवस्थामा प्रयोगमा ल्याइने उनको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु