विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
शुक्रबार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन्।
९३ प्रदेस सभासदस्य रहेको प्रदेशमा सरकारका लागि मुख्यमन्त्री थापासहित गठबन्धन दलले ४७ प्रदेश सभासदस्यको बहुमत संख्या पुराएको प्रदेश प्रमुख खापुङले जानकारी दिए।
प्रदेश कार्यालयका अनुसार मुख्यमन्त्री पदकका लागि गठबन्धनमा कांग्रेस २९,माओवादी १२, एकीकृत समाजवादी ४, जसपा १ र सभामुख बाबुराम गौतमसहित संख्या पुगेको हो।
सानो आकारको मन्त्रीमण्डल बिस्तार
मुख्यमन्त्री थापाको शपथ ग्रहणसँगै आज सानो आकारको मन्त्रीमण्डल बिस्तार समेत गरिएको छ।
शपथग्रहण गरेसँगै पहिलोचरणमा कांग्रेससहित एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्। तर, पहिलोचरणमा माओवादी केन्द्र भने अटेको छैन।
आज बनाइएको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगु र कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार भएका छन्।
यी दुवै मन्त्री विना विभागीय मन्त्री हुन्।