राजधानी सर्दैमा बुटवल सकियो भन्ने धारणा नपाल्न पौडेलले आग्रह गरे

२०७९, २४ चैत्र शुक्रबार २२:२८

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानीका नाममा बुटवलबासीलाई नअलमलिन आग्रह गरेका छन्।

बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभालाई सम्बोधन गर्दै पौडेलले बुटवलबाट प्रदेशको राजधानी दाङ जाँदैमा तर्सिन नपर्ने बताए। उनले राजधानी दाङ जाँदा बुटवललाई केही असर नपर्ने दाबी गरे।

‘अब राजधानी राजधानी भनेर नअलमलिनुस्, अब अगाडि के गर्ने भन्ने विषयमा छलफल गरौँ, बुटवलमा राजधानी नहुँदैमा आकाश खस्दैन,’ पौडेलले भने। राजधानी सर्दैमा बुटवल सकियो भन्ने धारणा नपाल्न पौडेलले आग्रह गरे।

पौडेलले प्रशासनिक र आर्थिक राजधानी अलग–अलग स्थानमा रहेको विश्वभरको अभ्यास भएको स्मरण गराउँदै बुटवललाई आर्थिक राजधानी बनाउन प्रयास गरिने बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु