आर्थिक संकट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ, योगेश भट्टराई

२०८०, २३ जेष्ठ मंगलवार २०:१४

काठमाडौँ – नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन्।

उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए। उनले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताए।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु