लुम्बिनी भारतीय नक्सामा समेटिएको विषय सरकारको नोटिसमा

२०८०, १६ जेष्ठ मंगलवार २१:२३

काठमाडौँ – ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतले नेपाली भूमि लुम्बिनी आफ्नो नक्सामा समावेश गरेको विषय सरकारको नोटिसमा रहेको जनाएका छन्।

भारतको नयाँ संसद् भवनमा भित्ते चित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी रहेको सार्वजनिक भएको छ।

त्यसबारे संसदका विकास तथा प्रविधि समितिमा एमाले सांसद ठाकुर गैरेले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले त्यो विषय सरकारले नोटिसमा रहेका बताएका हुन्।

मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा छ। कुन प्रकृतिको हो बुझ्न आवश्यक छ।’

बुधबारदेखि हुने भारत भ्रमणको सन्दर्भमा यसबारे सरकारको धारणा माग गरेका थिए। गैरले समितिमा भनेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ।

भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ। यस सन्दर्भमा भ्रमणमा के भएको हो? सरकारको ध्यान पुगोस्।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु