हिमालयन ईन्टनेशनल स्कुललाई नेपाली पाठयक्रममा माध्यामिक तहसम्म अध्यापनको अनुमति

२०८०, १३ जेष्ठ शनिबार १६:३०

नेपाली पाठयक्रम अनुसार पठनपाठन गर्ने उदेश्यले दुईवर्ष अघि टोकियोमा स्थापित हिमालयन ईन्टरनेशनल एकाडेमीले माध्यामिक तहसम्मको अनुमति पाएको छ।

यसैसाता नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिमालयन एकाडेमीलाई माध्यामिक तह कक्षा १२ सम्मको अध्यापन अनुमति प्रदान गरेको एकाडेमीले जनाएको छ। एकाडेमीका व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालका अनुसार दुईवर्ष अघिबाट अनुमतिका लागि गरिएको प्रकृया पुरा भएको जानकारी दिनुभयो। विदेशमा रहेका नेपाली बालवालिकाहरूमा नेपाली भाषा तथा नेपाली शिक्षा प्रदान गर्ने उदेश्यले स्थापित स्कुललाइ  शैक्षिक मापदण्ड सहित अनुमति प्रदान गरेको अध्यक्ष रिजालले जानकारी दिनुभयो।

 हाल किण्डरगार्डेन विषेश कक्षा सहित स्कुलले यसै शैक्षिकसत्रबाट छ कक्षासम्म पठनपाठन संचालन गरेको छ। टोकियोको एदोगावा शहरको कोईवा स्टेशन नजिकै स्थापित स्कुलले यसै शैक्षिक सत्रबाट आफनै नयाँ भवनमा पठनपाठन सुरु गरिसकिएको जनाएको छ।

जापानमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरुले स्थापना गरेको स्कुललाई मन्त्रालयको अनुमति पछि संचालन तथा व्यवस्थापनको थप अनुगमन टोकियो स्थित नेपाली राजदूतावासले समेत गर्नेछ।  

स्कुलमा हाल १५० बढी नेपाली तथा विदेशी विद्यार्थीहरु अध्ययनरत छन।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु