मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई निर्वाचित

२०७९, २२ माघ आईतवार २२:०२

मेचीनगर। मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई निर्वाचित भएका छन् ।

आफ्ना प्रतिस्पर्धी मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरी प्रसाई निर्वाचित भएका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी निरौलाले मात्र ५६८ मत प्राप्त गरेका थिए ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । उनका प्रतिस्पर्धी हरिप्रसाद कोइरालाले ५०९ र पन्नालाल जैनले २१९ मत मात्र प्राप्त गरे । उद्योग उपाध्यक्षमा भूमि पौडेल ६५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी आनन्द खड्काले ५९७ मत मात्र प्राप्त गरे ।

वाणिज्य उपाध्यक्षमा कञ्चन बराल ७३२ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी भिमबहादुर कुँवरले ५०४ मत ल्याए ।
यस्तै, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारीले ६२६ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुनिता शर्माले ५८४ मत प्राप्त गरिन् ।
महासचिव पदमा दिनेश शाक्य निर्वाचित भएका छन् । उनी ६६८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उदयकुमार श्रेष्ठले ५५० मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले बताए ।

यसैगरी महिला सदस्यमा देवीमाया तामाङ ६३२ र सुन्दरीकुमारी श्रेष्ठ ५७१ मत ल्याएर निर्वाचित भए । सदस्यमा कृष्णकुमारी चापागाई सुवेदीले ४५० र पवित्रा तिवारीले ५०९ मात्र प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा विष्णुबहादुर बुढाथोकी ७४६, कमलप्रसाद कोइराला ६९९, विनोदकुमार बानियाँ ६२९, श्यामप्रसाद न्यौपाने ६२३, भिम विष्ट ६०५, राजेशकुमार वंशल ६०५, सन्तोष खवास ५८४ र दिपेन्द्रराज पाण्डे ५५७ मत ल्याएर निर्वाचित भएका छन् ।
सदस्यमा वर्मलाल ओझाले ५४०, चन्द्रबहादुर घोर्साईले ५२५, श्रवणकुमार बानियाँले ५१८, ललित अग्रवालले ४३५, गोपालप्रसाद गुप्ताले ४२६, कुलप्रसाद शिवाकोटी (केपी)ले ४१२, इन्द्रप्रसाद भण्डारीले ३७५ र श्रवणकुमार साहले ३३८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु