बिर्तामोड । झापाली संचारकर्मी इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । प्रतिदिन दैनिकका सम्पादक राजवंशीकी ममतामयी माता बिर्तामोड ९ निबासी कलावती राजवंशीको ८७ बर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।
केहि समयदेखि उनी श्वासप्रश्वास सम्बन्धि समस्याले पिडित थिइन । केहिदिन अघि उनलाई घरमा ल्याइएको थियो । बुढ्यौलीका कारण निधन भएको परिवारले जनाएको छ ।
मङ्गलबार पौने तीन बजे दिवङ्गत भएकी राजवंशीको भोलि बुधबार कनकाई माइमा अन्त्येष्टि गरिएको छ ।
Comments