अवैध रुपमा नदिजन्य पदार्थ चोरी गर्ने टिपर प्रहरी नियन्त्रण

२०७९, १८ चैत्र शनिबार २१:३८

पाल्पा । अवैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने टिपर प्रहरीले नियन्त्रण लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा ढुङ्गा बोक्ने ट्रिपरलाई नियन्त्रणमा लिएको हाे । चैत्र १८ गते बिहान सवा आठ बजेको समयमा पाल्पाकाे रिब्दीकोट गा.पा. ४ हटिया स्थितमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैधरुपमा ढुङ्गा ओसार पसार गरिरहेको अवस्थामा लु २ ख २९८८ नम्बरको टिपर फेला पारी नियन्त्रणमा लिएको हो ।

Comments

ताजा खबर