तनहुँले यसपटक देशको अर्थमन्त्रीको रुपमा स्वर्णिम वाग्लेलाई छान्दैछः सभापति रवि लामिछाने

२०७९, १८ चैत्र शनिबार २०:५५

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँका जनताले यसपटक उपनिर्वाचनमार्फत देशको अर्थमन्त्रीको रुपमा स्‍वर्णिम वाग्लेलाई जिताउने बताएका छन्।

शनिबार रास्वपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले तनहुँका जनताले आफ्नो नेतामात्रै नछानेर देशकै अर्थमन्त्री छान्ने दाबी गरेका हुन्।

उनले भने, ‘तनहुँले तनहुँको नेता मात्रै छान्दैन यसपटक। तनहुँले यसपटक देशको अर्थमन्त्री छान्दैछ। देशको अर्थमन्त्रीको  रुपमा स्वर्णिम वाग्लेलाई  छान्दैछ।’

संसारका विभिन्न देशलाई विज्ञताको आवश्यकता पर्दा वाग्लेले सल्लाह दिने गरेको उल्लेख गर्दै उनले के नेपाललाई स्वर्णिम वाग्लेजस्तो व्यक्ति चाहिँदैन र? भनेर प्रश्न गरे।

उनले भने, ‘संसारका कैयौँ देशहरुलाई विज्ञताको आवश्यकता पर्दा, अर्थ व्यवस्था मिलाउनका लागि विज्ञताको आवश्यकता पर्दा यो देशबाट स्वर्णिम वाग्लेले गएर सल्लाह दिनुहुन्छ।

के यसै देशलाई स्वर्णिम वाग्लले चाहिएको छैन होला र? तनहुँका जनतालाई यो कुरा थाहा छ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु