चैत ३ गते हुने राष्ट्रपतिमा निर्वाचनमा मत हाल्दा के परिचयपत्र देखाउने?

२०७९, १९ फाल्गुन शुक्रबार २०:१६

काठमाडौँ – फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्रसहित उपस्थित हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, संसद सचिवालयबाट जारी भएको परिचयपत्र, निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचयपत्रका आधारमा मतदान गर्न पाइने जनाएको हो।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता हुने व्यवस्था छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु