नागरिक उन्मुक्ति पार्टीले कैलालीमा राँके जुलुस प्रदर्शन ।

२०७९, २० माघ शुक्रबार १८:४८

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीमा राँके जुलुस प्रदर्शन गरेकोछ ।

File photo

प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो।बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ ।

१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो। बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु