मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल र ओली बालुवाटारमा

२०७९, १९ पुष मंगलवार २१:०५

काठमाडौँ – मन्त्रिपरिषद विस्तार, सरकारको न्युनतम साझा कार्यक्रम जस्ता विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।

मंगलबार साँझ बालुवाटार पुगेका ओलीसँग प्रधानमन्त्री दाहालले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तार र भागवण्डाबारे छलफल गरेका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताबीच समसामयीक राजनीति विषय, सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु