सामसङको आधिकारिक स्टोर आईएमएस ग्रुपले कमलादीमा खोल्यो

२०८०, १७ श्रावण बुधबार ०७:५०

काठमाडौं । कमलादीमा सामसङको नयाँ स्टोर खुलेको छ । नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपले यो प्रिमियम स्टोर सञ्चालनमा ल्याएको हो ।

आइतबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोङ बुम पार्कले गरे ।  यो ब्राण्ड स्टोरले ग्राहकहरूलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने आईएमएसको दाबी छ ।

ग्राहकहरूले स्टोरमा सामसङका सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध  इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्टवाचहरू, ट्याब्लेटहरू, सामसङ मोनिटरहरू, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुचि राख्ने युवालाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरू राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु