सांसदहरू काठमाडौँमुखी हुने हो भने जनताले राँको लिएर लखेट्छन्ः उपसभामुख राना

२०७९, १९ माघ बिहीबार १३:५७

काठमाडाैँ – उपसभामुख इन्दिरा रानाले सांसदहरू काठमाडौँमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्ने बताएकी छन्।
उनले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन्।

‘मैले केही गाउँहरू भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ ।
‘उपसभामुखलाई उप, चुप भन्नेकुरा छ। मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु। महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ ।’ उनले भनिन्।

उपसभामुख रानाले सांसदहरूले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरू संसदमा उठाउनुपर्ने बताएकी हुन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु