छड्के २ जापानको बिभिन्न शहरहरुमा प्रदर्शन हुँदै, प्राप्त रकम मृतक आचार्य को परिवारलाई ।

२०७९, १८ माघ बुधबार १०:०२

जापान । छड्के २ जापानको बिभिन्न शहरहरुमा प्रदर्शन हुँदै छ । गत साता जापानको ओकिनावामा निधन भएका २८ बर्षीय संदेश आचार्यलाइ उनका साथीहरुले समयमै अस्पताल पुर्याउदा समेत बचाउन सकेनन् , यतिबेला समग्र ओकिनावा नेपाली समाज दुखद अवस्थामा छ, यसै बीच नितान्त ब्यबसायिक तरिकाले प्रदर्शन गर्न लागिएको तर घटना अकल्पनिए घटे पश्चात नेपाली सिनेमा छड्के २ को ओकिनावा शो को कमाइ निधन हुन पुगेका संदेश को परिवारलाई दिइने छड्के २ आयोजक प्रवाशी नेपाली मंच जापानले जानाएको छ, अध्यक्ष मिलेन के सी द्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत छड्के २ को प्रदर्शन बाट  प्राप्त रकम  मृतक को परिवारलाइ हस्तान्तरण गरिने बताइएको छ।

जापान वितरक सचिन आचार्य ओकिनावा को यो पुण्य कामको मुक्त कण्ठले प्रसंसा  गर्न चाहे ” बर्तमान जापानको नेपाली समाजमा दुख बिपत आइपर्दा सबैलाई फोन गरि १ ,१  हजार सहयोग उठाउनु पर्ने अवस्था छ ओकिनावामा त् झन अधिकांस बिद्यार्थी हुनुहुन्छ परिवारजनमा परेको यो बज्रपातमा मलम लगाउन हामीले सहयोग गर्न पायौ, घटना दुखद घट्यो तर केहि न केहि सहयोग गर्न पाउनु हाम्रो हाम्रो लागि अबसर र कर्तब्य दुवै हो ” उनले भने। उनका अनुसार टोकियो शो को केहि रकम समेत जोडेर  परिवारजान लाइ हस्तान्तरण गरिने छ। 

ओकिनावा मा सिनेमा आगामी मार्च महिनाको १०,११,१२ गरि ३ दिन शो गरिने छ। समाजसेवाको यो पुण्य काम को लागि प्रवासी नेपाली मंच जापान ले सम्पूर्ण ओकिनावाबासि नेपाली लाइ छड्के २ को बिशेष शो मा उपस्थिन हुन समेत आग्रह गरेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु